काठमाण्डौंः जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना संक्रमणको कारण निधन भएको छ । मंगलवार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जसपाका प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवले बताए।
बाराको पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती निवासी जितेन्द्र सिंहको निधनले पार्टीलाई ठूलो क्षति पुगेको उनले बताएका छन्। विगतको संयुक्त जनआन्दोलन र मधेस आन्दोलनमा समेत उनको योगदान थियो।
उत्पीडित जाति, समुदाय, वर्ग, पहिचान र अधिकारका लागि सधै संघर्षरत सिंह समाजवादी पार्टीबाट जसपामा समावेश भएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया