काठमाण्डाैंः एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान करिव ५ बजेर ४२ मिनेटमा केही सेकेण्डका लागि भूकम्पको धक्का महसुस गरिएको हो ।
लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ८ रेक्टर म्याग्नेचयुट स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ सिस्मोलोजिस्ट लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की लगायत राजधानी काठमाडौं उपत्यकामा समेत महसुस गरिएको छ । भूकम्पको क्षतिबारेमा थप जानकारी आइसकेको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया