असार २५, २०८२ बुधबार July 9, 2025

बाग्मतीमा भोलि, लुम्बिनीमा १७ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा दुई रिक्त पदका लागि निर्वाचन आयोगले तयारी अन्तिम चरणमा पु(याएको छ । बाग्मती प्रदेशतर्फ भोलि बिहीबार र लुम्बिनी प्रदेशतर्फ रिक्त एक सदस्यका लागि १७ जेठमा उपनिर्वाचन तोकिएको हो ।

बाग्मती प्रदेश उपनिर्वाचनमा तीन उम्मेदवार र ३ सय ४८ मतदाता छन् । लुम्बिनी प्रदेशमा भने दुई जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा २ सय ९६ मतदाता छन् ।

बाग्मती प्रदेशमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा ‘बादल’, कांग्रेस, माओवादी केन्द्र र जसपाबाट डा. खिमलाल देवकोटा उम्मेदवार तथा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ उम्मेदवार छन् । लुम्बिनीमा एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए ।

यसैगरी, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेको उम्मेदवारी परेको छ । यसअघि, पाण्डे लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । तर, अहिले कांग्रेसमा आबद्ध उनी केही दिनअघि मात्रै पार्टी प्रवेश गरेका हुन् ।

दाङ मुख्य निर्वाचन अधिकृत कार्यालयमा मंगलबार उनीहरूले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । उपनिर्वाचनमा बाग्मती प्रदेशसभाका १ सय १० मध्ये १ सय ९ सांसदले मतदान गर्नेछन् । एक सांसदको केही दिनअघि कोरोना संक्रमणका कारण निधन भएको थियो ।

त्यस्तै, स्थानीय तहका २ सय ३८ प्रमुख(उपप्रमुखसमेत गरी कुल ३ सय ४८ मतदाता हुनेछन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ । बाग्मतीतर्फ आयोगले निर्वाचन प्रयोजनका लागि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेको अवस्थामा ‘मौन अवधि’समेत सुरु भइसकेको छ ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बाग्मतीतर्फको उपनिर्वाचनका लागि गत ३ जेठ रातिबाट मौनअवधि सुरु भइसकेको जानकारी दिए । बाग्मतीतर्फ सत्तारूढ एमाले उम्मेदवार गृहमन्त्री बादलले सूर्य र कांग्रेस, माओवादी केन्द्र तथा जसपाबाट उम्मेदवार देवकोटाले कलम र नेमकिपाका उम्मेदवार तामाङले मादल चिह्न प्राप्त गरिसकेका छन् । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार