काठमाडौं: सर्वोच्च अदालतले कुनै पनि कोरोना सङ्क्रमित बिरामीको उपचारपछि मात्र घर फर्किने गरी व्यवस्था मिलाउन सरकारका नाममा सोमबार अन्तरमि आदेश दिएको छ ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा भनिएको छ, “उपचारमा सबै सङ्क्रमितको सहज र समान पहुँच स्थापित होस्, अक्सिजन वा पर्याप्त उपचार अभावमा कोही सङ्क्रमितको मृत्यु नहोस् ।” त्यस्तै, प्रदेश र स्थानीय तहमा पनि कोभिडको उपचार हुनसक्ने गरी पूर्वाधार र अन्य व्यवस्थापन मिलाउनू भनिएको छ ।
“पहिलो चरणको खोप लगाउनेले दोस्रो चरणको र सबै नेपालीले खोप पाउने सुनिश्चित गर्नु”–आदेशमा भनिएको छ, “कोरोना महामारीको तेस्रो चरण र यसपछि आउन सक्ने सम्भावित सङ्क्रमणको पूर्वतयारी गर्नु, महामारी नसकिएसम्म १५–१५ दिनमा कामकारबाहीको प्रगति विवरण अदालतलाई बुझाउनु ।”
सर्वोच्च अदालतले नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य मन्त्रालयलाई उक्त आदेश दिएको हो । मन्त्रालयले अब सङ्क्रमितलाई बचाउन समस्या नभएको जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया