मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

गृहमन्त्रालयद्धारा नवलपरासी गोली काण्ड छानबिन गर्न ५ सदस्यीय समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बुधवार सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

घटनापछि बुधवार नै बसेको गृहमन्त्रीस्तरीय बैठकले गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट भारत जान खोज्दा प्रतापपुरका स्थानीय र सशस्त्र प्रहरीबिच बुधवार झडप हुँदा प्रतापपुर गाउँपालिका-६ का २३ वर्षीय अविनाश राजभरको सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । उनलाई उपचारका क्रममा बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

समितिमा सशस्त्र प्रहरीका डिआइजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसूदन लुइँटेल, गृह मन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया