असोज ८, २०८३ बिहिबार September 24, 2026

सीताजयन्तीले लैङ्गिक, सामाजिक-सांस्कृतिक विभेद अन्त्य गर्ने प्रेरणा प्रदान गरोस्ः राष्ट्रपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः राष्ट्रपति विद्यादेवी भण्डारीले सीताजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छन् ।

उनले आज दिएको सन्देशमा यस दिवसले लैङ्गिकलगायत सबै प्रकारका सामाजिक-सांस्कृतिक विभेद अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृति समाजको निर्माणका लाािग हामी सबैलाई निरन्तर प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेकी छन् ।

धैर्य, संयम र विवेककी प्रतिमूर्ति एवं आदर्श नारीका रुपमा सदा चित्रण गरिनुभएका  जनकनन्दिनी तथा जगज्जननीका रुपमा पूजार्चना गरिने मातृशक्ति सीता नेपाल भूमिकी पुत्री हुनु हामी सबैका लागि गौरवको विषय भएको जनाउँदै राष्ट्रपतिले राष्ट्रिय विभूति माता सीताको जन्म पौराणिक तथा धार्मिक विश्वासको धरोहरका रुपमा रहेको जनाएकी छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया