काठमाडौं: पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले सवैधानिक आयोगका पदाधिकारी नियुक्ति दलीय भागबण्डामा नभई क्षमता र विज्ञताका आधारमा हुनुपर्ने धारणा राखिन् ।
उनले भने, “निर्वाचन निष्पक्ष भएन भने समाजमा विखण्डन र विभाजन ल्याउँछ, नियुक्ती पाएका व्यक्तिले दल र नेताप्रति नभई संस्था उत्तरदायी भएमा सुशासन प्रवद्र्धन र लोकतन्त्र सुदृढ हुन्छ ।”
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नतिजा घोषणा गरेर मात्र नभइ कति गुणस्तरको निर्वाचन भयो भन्ने पाटोमा हेरिनुपर्नेमा जोड दिए। उनले भने, “राजनीति नेतामा जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने सोचलाई हटाउन प्रजातन्त्रको इजलासका रुपमा रहेको आयोगले निर्भिक भएर काम गर्न सक्नुपर्छ, प्राप्त अधिकार र प्रयोगबीच देखिएको तालमेलको पनि अनुगमन गरिनुपर्छ, आयोगले अहिलै प्राप्त भइरहेको अधिकारको उच्चतम प्रयोग गरोस् ।”
पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचनलाई सर्वस्वीकार्य गर्न सबै सरोकारवाला निकायको पूर्णसहयोग र सहभागिता आवश्यक पर्ने धारणा राखिन् । उनले भने, “विश्वमै दुई वटा सविधानसभा, एकै वर्ष विभिन्न तहका पाँच निर्वाचन गरी उदाहरणीय प्रस्तुत गरेको विश्वासको धरोहरका रुपमा रहेको आयोगले निर्वाचनलाई मितव्ययी बनाउन, आचारसंहिता र अरु कानून पालना गराउन कडाईका साथ प्रस्तुत हुनुपर्छ, आयोगलाई स्वायत्त बनाउनुपर्छ ।” रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया