असार २५, २०८२ बुधबार July 9, 2025

‘निर्वाचनमा जाँदा आकाश खस्दैन’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण गरी अगाडि बढ्न आग्रह गर्छु,’’ कोरोना (कोभिड–१९) विरुद्ध एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राष्ट्रिय सहमति नै उचित मार्ग भएको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र दलहरू त्यसका लागि प्रयास गरिरहेकै बेला शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरी राजनीतिक निकास दिनुपर्ने अवस्थाको सविस्तार जानकारीसमेत गराउनुभयो ।

सरकारले यही जेठ १५ गते बजेट ल्याउनुपर्ने, त्यसअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने तथा कोरोनाविरुद्धको लडाइँमा सिङ्गो मुलुक जुट्नुपर्ने अवस्था रहेकाले आफूले विश्वासको मत लिने समय नपर्खिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले विगत एक वर्षदेखि निरन्तर रूपमा आफ्नो विरोध भइरहेको र काम गर्ने वातावरण पनि नबनेको बताउँदै विपक्षी दललाई वैकल्पिक सरकार बनाउन आग्रह गर्नुभयो । उहाँले त्यस्तो सरकार बनेमा आफूले स्वागत गर्ने र आफ्नो दलको रचनात्मक सहयोग हुने बताउनुभयो ।

प्रधानमन्त्रीले राजीनामा नगरी संविधानको धारा ७६(२) को सरकार गठनको प्रक्रिया अगाडि बढेको विगत स्मरण गर्दै उहाँले नयाँ सरकार गठनका लागि पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने संविधानमा कहीँ नभनेको स्पष्ट गर्नुभयो । राष्ट्रपतिले दिनुभएको समयभित्र आफूले पनि प्रधानमन्त्रीका लागि दाबी गर्ने प्रयासमा रहेको बताउनुहुँदै उहाँले सबै दललाई समर्थन गर्न आग्रह पनि गर्नुभयो ।

अहिले पनि आफ्नो दलसँग १२१ को मत कायमै रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफूले भरपर्दो आधार दिन सके फेरि पनि सरकार बनाउने र एक महिनाभित्र विश्वासको मत लिने बत(ाउनुभयो । “मलाई समर्थन दिनुस् नभए संसद् विघटन भयो भनेर कराउन पाइँदैन, परिस्थितिले देशमा निर्वाचन निम्त्याउँछ भने त्यसलाई रोक्न सकिँदैन,” उहाँले भन्नुभयो ।

राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुभएपछि विभिन्न टीकाटिप्पणी भइरहेकोप्रति लक्षित गर्दैै प्रधानमन्त्रीले भन्नुभयो, “वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिँदा कहाँ भयो षडयन्त्र ? संविधानको धारा ७६(२), (३) हुँदै (५) मा जाने अवस्था प्रतिपक्षले पु¥याएको हो । ”

निर्वाचनमा जाँदा आकाश खस्दैन र यो संवैधानिक व्यवस्था हो भन्नुहुँदै उहाँले प्रतिनिधि सभा विघटन नगर्नका लागि पनि आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔँ, राष्ट्र एकजुट भएर कोभिडविरुद्ध लडौँ । ”

मन्त्रिपरिषद्ले निर्णय गरी आफूले गरेको सिफारिसमा संविधानको धारा ७६ उपधारा ५ अनुसार अर्को सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुभएको प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले त्यसको जवाफदेही आफू रहेको बताउनुभयो । गणतान्त्रिक मुलुकमा राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्नुहुँदै विभिन्न टीकाटिप्पणी गरेर राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भइरहेकोमा प्रधानमन्त्रीको असन्तुष्टि थियो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको विरोध गर्ने, अपमान गर्ने काम गणतन्त्रविरुद्धको खेल हो । ”

कोभिड–१९ जस्तो महामारीमा एकजुट भएर सामना गर्नुपर्ने अवस्थामा सरकारलाई अन्य काममा अल्झाइराख्ने काम उचित नभएको प्रधानमन्त्रीको भनाइ छ । आजै आफूले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर ‘तपाईंहरू सरकार बनाउनुस्, हामी प्रतिपक्षमा बसेर सहयोगी भूमिका निर्वाह गर्छौं’ भनेको जानकारी गराउनुहुँदै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिलाई विभाजित गर्नतिर नलाग्न आफूले आग्रह गरेको बताउनुभयो ।

पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपाल पक्षले प्रणालीमै घात पार्ने काम गरेको बताउनुभयो । संसदीय व्यवस्थामा ‘फ्लोर क्रस’ गर्नु अनैतिक र अपराधपूर्ण काम भएको उहाँले बताउनुभयो ।गोरखपत्र बाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार