काठमाडौंः सर्वोच्च अदालत बार एसोसिएसनको प्रतिनिधिसभाको विघटनलाई राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको संविधानमाथिको कपटपूर्ण, जालसाजी र धोका भएको जनाएको छ ।
शनिवार विज्ञप्ति जारी गरी सर्वोच्च बारले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री दाबीमा वस्तुनिष्ठ तरिकाले निष्कर्षमा नपुगेको र सार्वभौम प्रतिनिधिसभा छलेर षड्यन्त्रमूलक ढङ्गले संसद् विघटन गरिएको भन्दै आपत्ति जनाएको हो ।
सर्वोच्च बारले धारा ७६(५) अनुसार प्रधानमन्त्री चयनका लागि संसदीय प्रक्रिया नै पूरा नगर्नुका साथै संसद् विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदमले अदालतको अवहेलना गरेको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया