असार २५, २०८२ बुधबार July 9, 2025

चीनले दिएको ३० हजार लिटर तरल अक्सिजन तातोपानी नाका आइपुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चीन सरकारले नेपाललाई अनुदानमा दिएको अक्सिजन र स्वास्थ सामाग्री अन्तर्गत आज तातोपानी नाकामा अक्सिजन र स्वास्थ सामाग्री आइपुगेको छ ।

३० हजार लिटर परिमाणका एक सय ५० थान तरल अक्सिजन सिलिन्डर तथा स्वास्थ्य सामाग्री आइपुगेको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

उक्त लिक्विड अक्सिजनबाट ४० केजी क्षमताको ६ हजार सिलिन्डर अक्सिजन भरिने प्रमुख गौतमले बताए । उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझ्न स्वास्थ सेवा विभागका महानिर्देशक डा. दीपेन्द्रमान सिंह तातोपानी नाका आइपुगेका छन् ।

चिनियाँ सरकारका प्रतिनिधिबाट उनले उक्त अक्सिजन र स्वास्थ सामाग्री बुझेको भन्सार प्रमुख गौतमले बताए ।

‘अक्सिजन भरिएका सिलिन्डर भन्सारमा जाँचपास गरिदै छ,’ जाँचपास सकिने बित्तिकै आज नै उक्त अक्सिजन भरिएको सिलिन्डर काठमाडौं पठाउने तयारी रहेको प्रमुख गौतमले बताएका छन्।

लिक्विड अक्सिजनले भरिएका सिलिन्डर बिस्तारै लैजानु पर्ने भएका कारण आज रातीसम्म मात्रै काठमाडौं आइपुग्ने पनि गौतमले जानकारी दिए।

१८ हजार थान अक्सिजन सहितको सिलिन्डर दिने चीनको प्रतिबद्धता अनुरुप बाँकी अक्सिजन भोलिदेखि आउन सुरु हुने गौतमले बताए । यसअघि चीनबाट नेपाली ब्यापारीहरुले जेठ ३ गतेदेखि अक्सिजन सिलिन्डर ल्याउन थालेका थिए । समाचार आजको गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार