भाद्र १, २०८३ सोमबार August 17, 2026

प्याजको भाउ प्रतिकिलो दुई सय ५० रुपैयाँ !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ ।

गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत १५२ रुपैयाँ प्रतिकिलो थियो । तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय रुपैयाँ पुगेको हो । कालिमाटी तरकारी बजारमै प्याजको खुद्रा मूल्य २२० र अधिकतम २३० रुपैयाँ पुगेको छ । कालीमाटी बजार बाहिरका खुद्रा पसलमा प्रतिकिलो मूल्य साढे दुई सय हाराहारी पुगेको विकास समितिले जनाएको छ ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उप निर्देशक विनय श्रेष्ठले आफ्नो जानकारीमा भएअनुसार प्याजको मूल्य अहिलैसम्मकै उच्च भएको बताएका छन । स्वदेशी उत्पादन अन्त्यन्तै कम भएको र भारतबाट आयात रोकिएका कारण मूल्य आकासिएको उपनिर्देशक श्रेष्ठको भनाइ छ ।

समितिकाअनुसार पछिल्लो साता हरेक दिन प्याजको मूल्य प्रतिकिलो औसत १० रुपैयाँ हाराहारीले बृद्धि भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार प्याजको दैनिक आयात १० टन हाराहारीमात्रै छ । सामान्य अवस्थामा प्याजको आयात दैनिक ८० देखि ९० टन हाराहारी हुन्थ्यो । न्युन मात्रामा उत्पादन हुने नेपाली कृषकको प्याज बेमौसमी वर्षाले नोक्सान हुनु पनि बजारमा प्याज अभावको कारण हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
२०८३ भाद्र १, सोमबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ भाद्र १, सोमबार
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
२०८३ भाद्र १, सोमबार