श्रावण ३, २०८२ शनिबार July 19, 2025

इनरुवा अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्व राज्यमन्त्री, नेकपा एमालेकी नेतृ तथा फरवार्ड माइक्रो फाइनान्स दुहबी सुनसरीकी अध्यक्ष भगवती चौधरीले इनरुवा अस्पताल सुनसरीलाई ४ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभएको छ ।

चौधरीले इनरुवा अस्पतालका प्रशासन प्रमुख लोकेन्द्र आचार्यलाई चार थान ठूला ४७ लिटरवाला अक्सिजन सिलिन्डर हस्तान्तरण गर्नुभयो ।
चौधरीले आफ्नो सानो सहयोगले कसैको ज्यान जोखिन्छ की भनेर सहयोग गरेको बताउनुभयो । अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै चौधरीले ‘फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा सङ्क्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको बताउनुभयो ।
फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष चौधरीले केही दिन अगाडी बिपी प्रतिष्ठान धरानलाई ५० थान, कोसी प्रादेशिक अस्पताललाई ९ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसक्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया