काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा देशभर १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १६९ जनाले ज्यान गुमाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ ।
मन्त्रालयका अनुसार मंगलवार २२ हजार ३०६ जनाको कोरोना परीक्षण गरिएकोमा ८ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १७ हजार २६१ पुगेको छ ।
यसैगरी मंगलवार ६ हजार ४०४ जना निको भएसँगै हालसम्म ४ लाख ४ हजार ८८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया