श्रावण ३, २०८२ शनिबार July 19, 2025

कञ्चनपुरमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरमा आज थप तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कृष्णपुर नगरपालिका  ५ का २८ वर्षीया पुरुष, कृष्णपुर ९ का ५२ वर्षीया पुरुष र पुर्नवास नगरपालिका ४ का ६० वर्षीया पुरुष रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड –१९ फोकल पर्सन सिद्धराज भट्टले बताउनुभयो ।
त्यस्तै आज १ सय ३२ जनाले कोरोना जितेर घर फिर्ता भएका र  ५४ जनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
कञ्चनपुरमा आज ७ सय ४० सक्रिय संक्रमित रहेको बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया