श्रावण ३, २०८२ शनिबार July 19, 2025

कोरोना सङ्क्रमणका कारण बाँकेमा थप ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा चार जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका दुई जना, रुकुम पश्चिममा दुई जना र दाङ र सल्यानका एक /एक जना छन् ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत राप्तीसोनारी ५ बाँकेका २३ वर्षीय पुरुष, आठविसकोट १० रुकुम पश्चिमका ३२ वर्षीय पुरुष, लमही ६ दाङका ४८ वर्षीय पुरुष र राप्तीसोनारी ६ बाँकेका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाफीकोट १० रुकुम पश्चिमकी ६६ वर्षीया महिला र छत्रेश्वरी ५ सल्यानका ३२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यो सँगै कोरोनाबाट बाँकेका २८१ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २५९ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया