श्रावण ३, २०८२ शनिबार July 19, 2025

होम आइसोलेसनमा बस्ने संक्रमितहरु उच्च जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् ।

रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका स्वास्थ्य समस्या हुँदा तत्काल जाँच नगराई घरमै बस्दा उपचारमा ढिलाइ हुन सक्ने र त्यस्तो अवस्थामा जोखिम बढ्ने उनीहरूको अनुभव छ ।

लक्षणविहीन अवस्था, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति मात्र होम आइसोलेसनमा बस्न सुझाव दिँदै गम्भीर खालका लक्षण भएका सङ्क्रमित पनि होम आइसोलेसनमा बस्ने गरेका कारण जटिल समस्या सिर्जना भई अस्पताल आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिए ।

उनले भने, “सङ्क्रमितहरू होम आइसोलेसनमा बस्नुपर्ने बाध्यता हो तर लक्षण देखिएपछि समयमै चिकित्सकसँग परामर्श लिने तथा जाँच गराउनुपर्छ ।

सङ्क्रमित गम्भीर अवस्थामा पुगेपछि उपचार गर्न हामीलाई पनि गाह्रो हुन्छ ।” गम्भीर खालका लक्षण भएका सङ्क्रमित होम आइसोलेसनमा बस्दा समस्या जटिल हुने र समयमै उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्न सक्ने डा पुनले स्पष्ट पारे । गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया