काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६ हजार ७ सय ३१ र एन्टिजेन विधिबाट २ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया