श्रावण ३, २०८२ शनिबार July 19, 2025

धनुषामा कोरोना सङ्क्रमणका कारण ६ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धनुषा जिल्लामा कोरोना सङ्क्रमणका कारणले विहिबार ६ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारणले ४ पुरुष २ महिला सहित ६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाका कोरोना सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत यमन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका ४ जना तथा जिल्लाका अन्य पालिकाका २ जना रहेको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ का वर्ष ६३ का पुरुषको विराट मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसै गरी वडा नंं ४ कै वर्ष ६२ को एक महिलाको चन्द्रकला अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जनाएको छ । यसै गरी जनकपुरधाम उपमहानगरपालिका वडा नंं ७ का वर्ष ७० को महिलाको जानकी हेल्थ केयरमा उपचार हुँदाहुँदै मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं १३ का वर्ष ६७ का पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकेको प्रादेशिक अस्पतालका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिनुभयो ।
यसै गरी धनुषाको कमला नगरपालिका वडा नंं ३ का वर्ष ६५ का पुरुषको प्रादेशिक अस्पतालमा जनकपुरधाममा उपचार हुँदाहुँदै मृत्यु भएको छ । मृतकको शरीरमा अक्सिजनको मात्रामा कमी आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा निको नभएपछि मृत्यु भएको डा. पाण्डेले जानकारी दिनुभयो ।
उता धनुषा जिल्लामा २ सय ४५ वटा नमुनाको प्रादेशिक प्रयोगशाला जनकपुरधाममा पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । धनुषामा विगत केही दिन यता संक्रमण दरमा कमी आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया