श्रावण ३, २०८२ शनिबार July 19, 2025

शुक्रबार थप ९ हजार ८ सय ४१ जना कोरोना सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौंः नेपालमा आज शुक्रबार थप ९ हजार ८ सय ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा हाल सम्म ४ लाख २८ हजार ६ सय ७० जना संक्रमित निको भइसकेको र निको हुने दर ७८ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसै गरी आज थप ६ हजार ९ सय ५१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
आज १९ हजार ३ सय १३ वटा नमुनाको पीसीआर परीक्षण गर्दा ६ हजार ८ सय ५५ जना तथा ७ सय ७९ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ९६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको सङ्ख्या समेत गरी आज थप ९६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हाल सम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ७ हजार ४७ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया