श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपालमा थप ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो २४ घण्टामा १४ हजार ६ जनाको RT / PCR र ७४६ जनाको Antigent परीक्षण गराउँदा ४४८७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सहित हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ।

२४ घण्टामा थप ६०८० जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना जित्नेको संख्या ४ लाख ३४  हजार ७५० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टा भित्र मृत्यु भएको संख्या थप ११६ जना र हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया