काठमाडौंः साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारमा हालसम्मकै उच्च कारोबार भएर नेप्से परिसूचक र कारोबार रकम नयाँ उचाइमा पुगेको छ ।
आइतबार नेप्से परिसूचक १२.५४ अङ्कले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बन्द विन्दु हो । यस अघि गत साताको सोमबार नेप्से २८२३.४० विन्दुमा पुगेको थियो ।
नेप्से नयाँ उचाइमा पुगेसँगै यस दिन कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन २१९ कम्पनीहरूका १ लाख ७३ हजार ५३७ पटकको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरका ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयरहरू किनबेच भएका छन् ।
यस अघि गत साताको अन्तिम कारोबार दिन १४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको शेयरको किनबेच भई कारोबार रकममा रेकर्ड बनेको थियो ।
नेप्सेले नयाँ उचाइ लिएसँगै १३ कम्पनीहरूको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
प्रतिक्रिया