असार २३, २०८२ सोमबार July 7, 2025

आठ मन्त्री र दुई राज्यमन्त्री दिने समझदारी भइसकेको छ । : लक्ष्मणलाल कर्ण (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निष्कासनको घटनाले पार्टी विभाजन भएकै हो ?

अब एक ठाउँमा बस्न नसक्ने र आ–आफ्नो बाटो लाग्ने अवस्था बनेको हो ।

तपाईंहरूसँग पार्टी र संघीय संसद्का रूपमा रहेको राष्ट्रिय सभामा ४० प्रतिशत पनि छैन । कसरी पार्टी विभाजन गर्नुहुन्छ ?

हामीले किन विभाजन गर्ने ? उहाँहरू (यादव पक्ष) नै जानुहुन्छ ।
यादव पक्षसँग त केन्द्रीय कार्यकारिणी समितिमा बहुमत छ भने कसरी उहाँहरू जाने कुरा हुन्छ त ?

उहाँहरू कहिले २७ जना त कहिले ३१ जनाको कुरा गर्नुहुन्छ । उहाँहरूसँग बहुमत छैन ।

अब तपाईंहरूले पुरानै पार्टी राजपा ब्युँताउने हो ?

अहिले त्यतातिर हामी गएका छैनौं । निर्वाचन आयोगमा विवाद जाला । उसले के गर्छ, हेर्नुपर्छ । हुन त नेकपाको विवादकै बेला निर्वाचन आयोगले के गर्‍यो भन्ने देखिइसकेको छ । जसपा एक नरहने स्थिति उपेन्द्रजीले सिर्जना गर्नुभयो । त्यसैले पार्टी विभाजन उहाँहरूले गर्नुहुन्छ, हामी गर्दैनौं ।

पार्टीमा लफडा हुँदाहुँदै ओली नेतृत्वको सरकारमा जाने टुंगो लागिसकेको हो ?

हो, दुई–चार दिनमा हामी सरकारमा जान्छौं । अहिले ८ मन्त्री र दुई राज्यमन्त्री दिने समझदारी प्रधानमन्त्रीसँग भइसकेको छ । मन्त्रालयमा कुन दिने कुन राख्ने भन्ने प्रधानमन्त्रीको अधिकारको कुरा हो । त्यसमा टुंगो लाग्नासाथ सरकारमा जान्छौं । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार