चैत्र १३, २०८१ बुधबार March 26, 2025

८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद ८ किलो सुन चिनियाँ नागरिकले भित्री वस्त्रमा लुकाएर ल्याइएको खुलेको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४/४ किलो सुन लुकाएर ल्याएको भेटिएको हो ।

गएराति नियमित जाँचका क्रममा शंका लागेपछि खानतलासी गर्दा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालले बताएका छन ।

उनका अनुसार पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।

उनीहरुलाई राति नै थुनुवा पूर्जी दिएर महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।

अधिकृतहरुका अनुसार पक्राउ परेका चिनियाँ नागरिक भरिया मात्र हुनसक्ने आशंका गरिएको छ । सुनको मालिक को हुन् भन्ने विषयमा शुक्रबार दिउँसोबाट अनुसन्धान थालिने स्रोतको भनाइ छ ।

भाषाका कारण बयानका लागि समस्या भएकाले अनुसन्धानमा ढिलाइ भएको हो । ‘दोभाषे बोलाएका छौं । दिउँसोबाट बयान सुरु हुन्छ’, एक अधिकारीले भने ।

ठूलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती गोरे समूहको गिरफ्तारीसँगै विमानस्थलमा तस्करको र्‍याकेट ध्वस्त भएको सरकारले दाबी गरेको थियो । तर, अझै समय/समयमा सुन बरामद हुँदै आएको छ ।

भन्सार प्रमुख ढकाल भने अहिले भन्सारमा सुनको हकमा निकै कडाइ गरिएको बताएका छन । उनले भने, ‘अहिले सुनको विषयमा भन्सार गर्व गर्नलायक बनेको छ । जाँचमा कडाइ भएकै कारण तस्करको प्रयास विफल हुँदै आएको छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध
२०८१ चैत्र १३, बुधबार
वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टिनीको हत्या
२०८१ चैत्र १३, बुधबार
समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह
२०८१ चैत्र १३, बुधबार
थाई प्रधानमन्त्री सिनावात्राले पाइन् संसदमा विश्वासको मत
२०८१ चैत्र १३, बुधबार
इटहरी सेन्टर प्लाजा आगलागी अपडेट : ११ जनाको उद्धार
२०८१ चैत्र १३, बुधबार
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
२०८१ चैत्र १३, बुधबार
दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित
२०८१ चैत्र १३, बुधबार