असार २९, २०८२ आइतबार July 13, 2025

अपि पावरको ५६ लाख कित्ता शेयर निष्कासन, असार ९ सम्म आवेदन दिन पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अपि पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीका लागि ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

आज जेठ २० गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा जेठ २० गतेबाट असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि बैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी लिमिटेड को केन्द्रिय कार्यलय, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि –आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । आर्थिक सन्देश

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया