काठमाडौंः अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर लिलामीमा विक्री गर्ने भएको छ ।
कम्पनीले ४ लाख ३६ हजार ८८४ कित्ता शेयर लिलामीमा विक्री गर्ने छ । कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर गत वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म निष्कासन गरेको थियो ।
उक्त हकप्रद शेयरमा रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीले ४८ लाख ४ हजार ३१३ कित्ता शेयर पाएका थिए । सो आधारमा विक्री नभएको शेयर लिलामीमा आउने भएको हो ।
हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५७ करोड २३ लाख ५९ हजार पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया