असार २९, २०८२ आइतबार July 13, 2025

नेप्से अंक हालसम्मकै उच्चः झण्डै १७ अर्बको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेप्सेमा आज १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रूपैयाँको कारोबार भएको छ ।

आज नेप्से २९.५५ अंकले बढ्दै २८५६.६७ विन्दुमा रोकिएको छ । यो अंक हालसम्मकै उच्च हो । बुधबार नेप्से परिसूचकमा ५५.७६ अंकको वृद्धि भएको थियो । आज मन्जुश्री फाइनान्स र महिला लघुवित्त कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यसैगरी गुँरास फाइनान्स लिमिटेड कम्पनीको सेयर ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज व्यापार, निर्जीवन बीमा, हाइड्रोपावर तथा अन्य समूहबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया