असार ३०, २०८२ सोमबार July 14, 2025

सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आँउदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ ।

आईपीओ निष्कासन सम्बन्धि प्रस्ताव जेठ २३ गतेको साधारण सभाबाट पारित गर्नेछ । केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ । कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच आईपीओ निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ । एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इस्योरेन्टको आईपीओ निष्कासनपछि बीमा समितिले तोकेबेमाजिम २ अर्ब रुपैयाँ पुग्नेछ भने कम्पनीमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ ।

साधारण सभाबाट पारित भएपछि कम्पनीले आईपीओ निष्कासनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरे पनि आईपीओ निष्कासन गर्नेछ ।आर्थिक सन्देश

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया