श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमालेको नेपाल-खनाललाई आफ्नै पक्षका ४ नेताको १० बुँदे ध्यानाकर्षण पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र  झलनाथ खनाललाई आफ्नै समूहका चार नेताले १० बुँदे ध्यानाकर्षण पत्र पठाएका छन् ।

पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला,  जगन्नाथ खतिवडा, विजय पौडेल र केन्द्रीय सदस्य राजेन्द्र राईले बरिष्ठ नेताद्वय र स्थायी कमिटीलाई सम्वोधन गरेर उक्त पत्र बुझाएका हुन्।

नेताद्धयलाई बुझाईएको पत्रमा अब फेरि पनि केपी शर्मा ओलीसँग सम्झौता गर्ने हो भने खनाल–नेपाल पक्षको राजनीति सिद्धिने भन्दै उनीहरूले गम्भीर रूपमा ध्यानाकर्षण गराएका छन् ।

केपी ओलीको बहिर्गमन अबको एक मात्र विकल्प भएको भन्दै उनीहरूले भनेका छन्, “हामी आफै आफ्नो एजेण्डा छोडेर नैतिक र बैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिन्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन । तसर्थ आजको आवस्यकता केपी सरकारको बहिर्गमन हो र राजनीतक दलहरूसँगको सहकार्य हो । यतातिर गंभीर ढंगले ध्यान जानुपर्दछ भन्ने हाम्रो ठहर छ।”

“खनाल-नेपाल पक्षका प्रमुख नेताहरूलाई पार्टीवाटै निष्कासन गरिसकेको, कार्यदलका सदस्य समेत निष्कासित भईसकेको अवस्थामा त्यो कार्यदलको औचित्य नै समाप्त भईसकेको हुनुपर्नेमा कार्यदलकै नाममा छलफल भईरहेको भन्ने सुन्न पाउनु आफैमा आश्चार्यजनक त छँदैछ”, पत्रमा लेखिएको छ।

“केपी ओली नेत्रृत्वको सरकार आज संकटमा परेको छ । उनको लोकप्रीयता समाप्त प्राय छ । स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विष्लेशण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी छ ।”, पत्रमा थप लेखिएको छ, “उनी र उनका समर्थकहरू यति बेला प्रतिगमन र देशघातको नेत्रृत्व गर्देछन्। यति गम्भीर पक्षहरू जान्दा जान्दै उनको अपराधजन्य कार्यहरूलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाईदिने,पार्टीमा विद्रोह गर्ने हजारौ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाईदिने, अब केपीओलीसँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामी प्रतिको विश्वसनीयता र ब्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दुषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया