असार ३०, २०८२ सोमबार July 14, 2025

सुन-चाँदीको मुल्य ह्वात्तै घट्यो, कतिमा कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः साताको अन्तिम दिन (आज) शुक्रबार बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १५ सय रूपैयाँले घटेर ९३ हजार ४ सयमा कारोबार भइरहेको छ। बिहीबार (हिजाे) प्रतिताेला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियाे ।

त्यस्तै तेजावी सुनको मुल्य पनि तोलामा १५ सयले घटेर प्रतितोला ९२ हजार ९ सय रूपैयाँ कायम भएको छ।हिजाे तेजावी सुनको मूल्य पनि प्रतितोला ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको थियाे ।

यता, चाँदी प्रतितोला ३५ रूपैयाँले घटेर १३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजाे चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया