श्रावण ५, २०८२ सोमबार July 21, 2025

कोरोना कहरः काँग्रेसद्धारा सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै मन्दिरमा दीप प्रज्वलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै काँग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो ।

कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका स्थानीय मन्दिरमा दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस भक्तपुरका क्षेत्रीय सभापति जीवन खत्रीले बताए। “पूजाअर्चना र दीप प्रज्वलनले कोरोना सङ्क्रमण भई उपचार गराइरहनुभएका आम नेपालीमा आत्मबल र शक्ति प्राप्त गर्ने विश्वासका साथ मन्दिरमा दीप प्रज्वलन गरिएको हो”, उनले भने ।

कार्यक्रममा सहभागीबीच भौतिक तथा सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरिएको क्षेत्र नं २ का सभापति नारायण खायमलीले बताए। कार्यक्रममा स्थानीय वडा कमिटी र भ्रातृसङ्गठनका पदाधिकारी र कांग्रेसका शुभेच्छुक तथा शुभचिन्तकको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया