श्रावण ५, २०८२ सोमबार July 21, 2025

सहमतिमा सामूहिक नेतृत्व गरे आफू पछाडी हट्न तयार, अन्यथा सभापतिमा चुनाव लड्छुः नेता केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर संबैधानिक र राजनीतिक संकट निम्त्याएको आरोप लगाएका छन् ।

ओली सरकारले मुलुकमा अराजकता निम्त्याएको भन्दै काँग्रेसले संबिधान बचाउन र राजनीतिक संकटको अन्त्य गर्न निर्णायक भूमिका खेल्ने बताएका छन् ।

एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले नेपाली काँग्रेस कमजोर भएको भन्ने आरोप गलत भएको बताएका छन् । उनले अहिले काँग्रेस संबिधान बचाउने र काँग्रेसलाई कानूनी रुपबाट बचाउने दुईवटा थप जिम्मेवारी भएको बताउँदै नेपाली काँग्रेस निर्वाचनमा जाने वा नजाने भन्ने पार्टीले निर्णय गर्नुपर्ने बताए ।

पुर्वमन्त्रीसमेत रहेका नेता केसीले काँग्रेसले बिशेष महाधिवेशन सम्भव भए क्रियाशिल सदस्यताको बिबाद मिलाएर गर्न सकिने अवस्था आउनसक्ने बताए । नेपालको संबिधानको धारा-१६९ अनुसार बढीमा साँढे ५ बर्षमा अधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च नेतृत्वलाई संविधान संसोधन गरेर भएपनि सहयोग गर्छु भनेको कुरा गलत भएको बताए ।

उनले पत्रकार माहासंघको निर्वाचनमा १३ हजार सदस्यकाबीच सम्पन्न भएको दृष्टान्त दिँदै नेपाली काँँग्रेसका ७-८ हजार माहाधिवेशन प्रतिनिधिकाबीच बिशेष माहाधिवेशन सम्भव हुने बताए । नेता केसीले एकले अर्कोलाई दोष लगाउन सजिलो भएपनि अधिवेशन गर्न त्यति सजिलो नहुने भन्दै काँग्रेसको बैधानिकताको कुरा सबैभन्दा महत्वपूर्ण भएको बताए ।

उनले सर्बोच्च अदालतले १४९ जना सांसदहरुको हस्ताक्षर भएर गएपनि स्टे अर्डर जारी नगरेकोमा असन्तुष्ट जनाउदै आउँदो निर्बाचनमा नेपाली काँग्रेसलाई पहिलो बनाउन लागि पर्ने बेला आएको बताए । नेता केसीले सहमतिमा सामूहिक रुपमा सबैले नेतृत्व गरे आफू पछाडी हट्न तयार रहेको भन्दै कसैले पनि नछाडेमा आफुपनि सभापति वा नेतृत्वको दाबी गर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया