श्रावण ५, २०८२ सोमबार July 21, 2025

उपप्रम महतोको संविधान बिरोधी अभिब्यक्ति स्प्रष्ट पार्न प्रधानमन्त्रीलाई माधव समुहको चेतावनी (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका माधव – झलनाथ समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेको छ ।

माधव – झलनाथ समूह निकट रहेका १५ स्थायी समिति सदस्यहरुले शनिबार साँझ संयुक्त विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री ओलीले जवाफ दिनु पर्ने माग गरेको हो ।

प्रधानमन्त्री केपी ओलीबाट शुक्रबारमात्र उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जानासाथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, वक्तव्यमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया