असार ३०, २०८२ सोमबार July 14, 2025

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्योः ग्याँसको पुरानै कायम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले शनिवार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान) को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पर्ने भएको छ ।

स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले इन्डियन आयल कर्पोरेसनले नै बढाएर मूल्य पठाएकाले सोही अनुसार मूल्य समायोजन गरेको बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया