काठमाण्डौंः नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ।
२३ जेठमा बसेको निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गरेको हो ।
हवाई इन्धनको मूल्य घटेसँगै नेपाल वायु सेवा निगमले भाडादर पनि घटाएको छ। अहिले कार्गो चार्टर्ड उडानको भाडा कटौती गरेको र नियमित उडान शुरु भएपछि सबै गन्तव्यको भाडा समायोजना गरिने वायु सेवा निगमले जनाएको छ।
जसअनुसार वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशत घटाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया