असोज १०, २०८३ शनिबार September 26, 2026

ज्वाला बलिरहने नाभिस्थान मन्दिर पुनःनिर्माण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाम मध्येको एक शक्तिपीठ नाभिस्थान मन्दिरको पुनः निर्माण थालिएको छ । पुरातत्व विभागबाट रु ४० लाख विनियोजन भएपछि मन्दिर पुनःनिर्माण हुन लागेको हो ।

निषेधाज्ञाका समयमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै निर्माण कम्पनीले मन्दिर निर्माण थालनी गरेको छ । मन्दिर निर्माणको जिम्मा पुष्प निर्माण कम्पनीले पाएको छ ।

लामो समयसम्म पुनः निर्माण हुन नसक्दा धार्मिक र ऐतिहासिक महत्वको मन्दिर जीर्ण हुँदै भत्किने अवस्थामा पुगेका बेला पुनः बनाउन लागेको देख्दा निकै खुशी लागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिनुभयो । मन्दिर पुरानै शैलीमा निर्माण गरिने निर्माण कम्पनीका ठेकेदार मथुराप्रसाद जैसीले जानकारी दिनुभयो ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आगामी असार मसान्तसम्म मन्दिर निर्माण सम्पन्न गरिने पनि उहाँले बताउनुभयो । डिपिआर मन्दिर व्यवस्थापन समितिले गरेको र सोहीअनुसार निर्माण कम्पनीले निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष नवीन योगीले जानकारी दिनुभयो । उहाँका अनुसार पुरानै शैलीमा काठको कलात्मक ढाँचा र ढुङ्गामाटो प्रयोग गरी छाना पुरानै झिङ्गटीले छाइनेछ । इस्टिमेटअनुसार धमाधम काम भइरहेको र सम्झौता समयावधिभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।

मन्दिर यहाँको प्रसिद्ध धार्मिक तीर्थस्थल पञ्चकोशीधाममध्येको एक शक्ति पीठ मानिन्छ । दैलेखको पवित्र तीर्थस्थलले परिचित पञ्चकोशीधामअन्तर्गत श्रीस्थान, नाभिस्थान, पादुका, धुलेश्वर र कोटिला मन्दिरलाई सूचीकृत गरिएको छ । सो मन्दिरमा अनवरत रुपमा सदियाँैदेखि दुई ज्वाला निरन्तर बलिरहेका छन् भने धार्मिक तथा आन्तरिक पर्यटनको आकर्षक गन्तव्य पनि रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
२०८३ असोज १०, शनिबार
साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी
२०८३ असोज १०, शनिबार
नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा
२०८३ असोज १०, शनिबार