असार ३०, २०८२ सोमबार July 14, 2025

सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साताको अन्तिम दिन नेपाली बजारमा सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

आज शुक्रबारका लागि तेजावी सुनको मुल्य ९४ हजार रुपैयाँ तोकिएको छ । बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेको महासंघले जनाएको छ । बिहीबार प्रतितोला एक हजार तीन सय ५५ रुपैयाँका कारोबार भएको चाँदीको आजको मूल्य एक हजार तीन सय ७० रुपैयाँ तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया