असोज १०, २०८३ शनिबार September 26, 2026

१६ सय गोपिनीका प्रिय कसरी भए कृष्ण ? यस्तो छ कारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः “सर्व आकर्षित कृष्ण” । भगवान कृष्णको अर्थ आकर्षण पनि हो । यो नामले प्रकृतिको वर्णन गर्दछ, सत्य व्यक्तित्वको वर्णन गर्दछ । कृष्णमा अद्भूत आकर्षण भएरै उनी धेरैका प्रीय बने । १६ सय गोपिनीका प्रिय बने । प्रेम र आकर्षणको प्रतिक हुन् कृष्ण ।

भगवान कृष्णलाई हिन्दु धर्मवलम्विहरुले सृष्टिकर्ता विष्णुको अर्को रुप मान्ने गरेका छन् । भगवान कृष्ण सबैको दृष्टिकोणमा अत्याधिक आकर्षक भएको कुरा दन्त्यकथाहरु र कृष्णको नाममा बनेका विभिन्न कार्टुन, फिल्महरुमा सुन्न र देख्न पाइन्छ ।

भगवानले पूर्ण संसारको भौतिक प्रकृतिको कानुनमार्फत् गुरुत्वाकर्षणको नियम र कर्मको कानुनको निर्माण गरेको मानिन्छ । अध्यात्ममा भौतिकवादको प्रभुत्वले विश्वव्यापी व्यवस्थालाई बाधा पुर्याउँछ, धार्मिक उद्धार गर्न र दैविक सिद्धान्तहरुको पुनः स्थापना गर्न भगवान यस धर्तीमा आउने श्रीमद् भगवत् गीतामा लेखिएको छ ।

भगवान कृष्णको आगमन कानुन कायम गर्न मात्र नभएर संसारमा माया प्रेम जगाउन पनि भयो । जब हामी कृष्णलाई माया गर्छौं, हाम्रो प्रेममा कहिले रुकावट हुँदैन, कहिल्यै विश्वासघात हुँदैन, कहिल्यै निराश हुँदैन, कहिल्यै निराश हुँदैन। प्रेमको अर्को रुप हुन् भगवान कृष्ण ।

जन्माष्टमीमा भगवान कृष्णले मध्यरातको अन्धकार समयमा भौतिक संसारमा प्रवेश गर्दा अन्धकार अलि कम हुनथाल्यो । त्यस्तै गरी, धेरै चिन्ता र दुःखबाट ग्रसित भएर अन्धकार भएको हाम्रो मुटुलाई अनन्त आशाको ज्योति प्रदान गर्नु भयो । यसले हामी सबै जो हाम्रो आफ्नै विनाशकारी चाहनाहरु द्वारा बन्धनमा परेका छौ, सबैलाई भगवानले मुक्त गर्ने संकेत गर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
बाढी तथा पहिरोका कारण बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध
२०८३ असोज १०, शनिबार
साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी
२०८३ असोज १०, शनिबार
नयाँ कुमारी आर्यताराको पहिलो नगर परिक्रमा
२०८३ असोज १०, शनिबार