भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

माैसमबारे पूर्वसूचना दिने अहिलेसम्मकै अत्याधुनिक प्रविधि राडारकाे उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकको मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडारको आज उद्घाटन गरिएको छ।
मौसम विभागकी प्रवक्ता अर्चना श्रेष्ठका अनुसार नेपालमा पहिलोटक प्रयोगमा ल्याइएको राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मकै आधुनिक प्रविधि हो।
सुर्खेतको रातानाङ्लामा स्थापना गरिएको राडारको ऊर्जामन्त्री वर्षमान पुनले आज बिहान आयोजित समारोहका बीच उद्घाटन गरेका हुन्।

मन्त्री पुनका स्वकीय सचिव सन्तोष पुनले जल तथा मौसम विज्ञान विभागले सुर्खेतमा स्थापना गरेको मौसमी राडार उद्वाटनको तस्बिर सेयर गर्दै भनेका छन्, ‘नेपालमा पहिलोटक प्रयोगमा ल्याइएको यो राडार मौसमको पूर्व सूचना दिने अहिलेसम्मै आधुनिक प्रविधि हो।’
राडारबाट मौसमसम्बन्धी समयमै सही सूचना सहज रुपमा प्राप्त हुने र यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप/ बाढी, पहिरो आदि घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ।
प्रवक्ता श्रेष्ठका अनुसार, ‘यसले पानी पर्छ कि पर्दैन पर्‍यो भने कति ठूलो पर्छ, असिना पर्छ कि पर्दैन, हुरीबतास, चक्रवात् आउँछ कि आउँदै भन्ने कुराको पहिल्यै जानकारी दिन्छ।’

उनका अनुुसार हाल अनुमानित मौसमी विश्लेषण हुँदै आएकामा राडारबाट वास्तविक सूचना पाउन सकिनेछ।

‘तर यो नेपालमा पहिलोपटक भित्र्याइएको प्रविधि हो,’ प्रवक्ता श्रेष्ठले भनिन्, ‘त्यसैले यसलाई पूर्ण प्रयोगमा ल्याउने अझै थुप्रै अनुसन्धान र अभ्यास आवश्यक छ।’
विभागकी प्रवक्ता श्रेष्ठका अनुसार राडारले आकासमा वायुमण्डल वरिपरि घुमेर तस्बिर खिच्छ। पहाडको उच्च भेगमा राखिने राडारले नेपालको वायुमण्डलको सबै भूभागमा वास्तविक समयमा तस्बिर खिचेर पठाउँछ। त्यस आधारमा वायुमण्डलमा कस्तो खालको बादल छ ? पानी, असिना, हिमपात पार्ने बादल हो कि होइन, कति परेको छ र कति समयदेखि त्यो बादल छ, भनेर थाहा पाउन सकिन्छ।

प्रवक्ता श्रेष्ठका अनुसार राडारले वास्तविक अनुमान गर्छ। यसले कुनै पूर्वानुमान नगरी जे देखिन्छ, त्यही बताउँछ। उदाहरणका लागि कुनै बादल बनिरहेको छ भने त्यो बादलभित्र के छ, पानी, हिउँका कस्ता कण छन्। असिना पर्ने बादल हो कि त्यो सूचना दिन्छ। त्यसका आधारमा मौसम विभागले केही घण्टा पहिले नै यो ठाउँमा बादल देखिएको छ र यतिखेर पानी पर्छ भनेर सूचना दिन्छ।

यो जाडो मौसममा हिउँ कति पर्छ, हुस्सु, शीतलहरको अवस्था कस्तो छ भन्ने जानकारी यस राडारले दिने उनले बताइन्।
विभागकी प्रवक्ता श्रेष्ठका अनुसार सुर्खेतमा राखिएको राडार नेपालको पश्चिमी क्षेत्रको मौसमी जानकारी पाउनाका लागि हो। यसैगरी मध्य क्षेत्रका लागि पाल्पा तथा पूर्वी क्षेत्रका लागि उदयपुरमा पनि मौसमी राडार राख्ने तयारी भइरहेको छ।

‘अहिले सुर्खेतमा राखिएको राडारले नेपालको पश्चिमी क्षेत्रको मौसमी अवस्था मात्रै समेट्न सक्छ,’ उनले भनिन्, ‘पाल्पा र उदयपुरमा राखिएपछि पूरै नेपालको मौसमी जानकारी कभर गर्न सकिन्छ।’

त्यसका लागि अहिले सामान ल्याउने क्रम चलिरहेको उनले जानकारी दिइन्। ‘यो अलि महँगो खालको प्रविधि, भौतिक पूर्वाधारहरू पनि तयारी गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘तीनवटै क्षेत्रमा राडार सञ्चालन गर्न अझै लाग्ला १ वर्षजति।’

अहिलेसम्म करिब ६० करोड खर्च भइसकेको उनले जानकारी दिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Speaker Aryal, NC leader Angdembey meet
२०८३ भाद्र ३०, मंगलबार
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
२०८३ भाद्र ३०, मंगलबार
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
२०८३ भाद्र ३०, मंगलबार
माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने
२०८३ भाद्र ३०, मंगलबार
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
२०८३ भाद्र ३०, मंगलबार
गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम
२०८३ भाद्र ३०, मंगलबार