भाद्र २, २०८३ मंगलबार August 18, 2026

बूढीगण्डकीको बाँकी मुआब्जा वितरण प्रक्रिया सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाको बाँकी मुआब्जा वितरण प्रक्रिया सरकारले अघि बढाएको छ ।

जिल्ला प्रशासन कार्यालय, गोरखाले १०३२ र धादिङले १७१६ जग्गाधनीहरूको थाती मुआब्जा वितरण प्रक्रिया मंगलबार सार्वजनिक सूचना जारी गर्दै अघि बढाएको हो । गोरखातर्फ साविक आरूचनौटे र थुमी गाविस तथा धादिङतर्फ साविक सल्यानटार गाविसको मुआब्जा वितरण प्रक्रिया रोकिएको थियो । अन्य स्थानमा वितरण भए पनि यो क्षेत्रमा भने जग्गाको वर्गीकरणलगायत विवादले रोकिएको थियो । विवाद समाधानपछि मुआब्जा वितरण प्रक्रिया अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालय, गोरखा र धादिङले मंगलबार एक सूचना जारी गर्दै जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९, १० र ११ बमोजिम मुआब्जा वितरणका लागि निवेदन आह्वान गरेको जनाएका छन् ।

लाभग्राहीले मंसिर १८ देखि निवेदन दिन समय दिइएको छ । गण्डकी गाउँपालिका–८ स्थित सिउरेनिटारमा रहेको बूढीगण्डकी जललविद्युत् आयोजनाको कार्यालयलाई दुवै जिल्लाका प्रशासन कार्यालयले निवेदन बुझाउने स्थान तोकेका छन् । सूचीमा धादिङतर्फ १७१६ र गोरखातर्फ १०३२ जग्गाधनी परेका छन् ।
जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको चर्चा लामो समयदेखि चले पनि यसको क्षमता र निर्माण मोडालिटीलगायतमा अन्योलता छ । नेपालको जलविद्युत् उत्पादनमा यो आयोजनाको ठूलो योगदान रहने भए पनि यसले गति पक्डन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार