मंसिर २२, २०८० शुक्रबार December 8, 2023

सिम्रिक एयरले एक साथ दुई हेलिकोप्टर थप गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निजी लगानीको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले एक साथ दुई हेलिकोप्टर थप गर्ने भएको छ । बेल कम्पनीका जेट रेन्जर हेलिकोप्टर पहिलो पटक नेपालमा भित्राउन लागिएको कम्पनीले जनाएको छ ।

विभिन्न प्रकारका दुर्घटना, सुत्केरी महिलाको उद्दार र प्राकृतिक विपत्तिका बेला प्रयोग गर्न मिल्ने गरी यस्ता हेलिकोप्टर ल्याउन लागिएको कम्पनीका महाप्रवन्धक प्रेम थापाले जानकारी दिएका छन । क्यानडामा बनेका अमेरिकी ब्राण्डका यी हेलिकोप्टर आगामी जनवरीभित्रै नेपाल आइसक्ने उनको भनाइ छ ।
‘अब आउने हेलिकोप्टर केही साना हुनेछन् । सिट क्षमता पाइलट र ४ जनाको मात्र हुनेछ । तर यो नेपालभित्र नेपालीकै आकस्मिक उद्दारमा फलदायी हुने अपेक्षा गरेका छौं,’ थापाले भने । धेरै सिट क्षमताको हेलिकोप्टरभन्दा साना हेलिकोप्टरको भाडा सस्तो पर्ने र अर्कोतर्फ बिरामी राख्न सजिलो हुने गरी यी हेलिकोप्टरको डिजाइन गरिएको उनले जानकारी दिएका छन ।

भ्रमण वर्ष सुरु हुने महिनामै नेपाल ल्याउन लागिएका यी हेलिकोप्टर पर्यटकको सेवा र सुविधामा समेत उपयोग हुने कम्पनीको विश्वास छ । यस्तो मोडलको हेलिकोप्टरको बजार मूल्य औसत १६/१७ करोड रुपैयाँ पर्ने उनले जानकारी दिएका छन । कम्पनीले अहिले ५ वटा हेलिकोप्टरबाट सेवा दिइरहेको छ । सिम्रिकसँग एयरबसका हेलिकोप्टर रहेका छन् । नेपालमा १ दर्जन कम्पनीका ३० भन्दा बढी हेलिकोप्टर उडिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार