बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

सिम्रिक एयरले एक साथ दुई हेलिकोप्टर थप गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निजी लगानीको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले एक साथ दुई हेलिकोप्टर थप गर्ने भएको छ । बेल कम्पनीका जेट रेन्जर हेलिकोप्टर पहिलो पटक नेपालमा भित्राउन लागिएको कम्पनीले जनाएको छ ।

विभिन्न प्रकारका दुर्घटना, सुत्केरी महिलाको उद्दार र प्राकृतिक विपत्तिका बेला प्रयोग गर्न मिल्ने गरी यस्ता हेलिकोप्टर ल्याउन लागिएको कम्पनीका महाप्रवन्धक प्रेम थापाले जानकारी दिएका छन । क्यानडामा बनेका अमेरिकी ब्राण्डका यी हेलिकोप्टर आगामी जनवरीभित्रै नेपाल आइसक्ने उनको भनाइ छ ।
‘अब आउने हेलिकोप्टर केही साना हुनेछन् । सिट क्षमता पाइलट र ४ जनाको मात्र हुनेछ । तर यो नेपालभित्र नेपालीकै आकस्मिक उद्दारमा फलदायी हुने अपेक्षा गरेका छौं,’ थापाले भने । धेरै सिट क्षमताको हेलिकोप्टरभन्दा साना हेलिकोप्टरको भाडा सस्तो पर्ने र अर्कोतर्फ बिरामी राख्न सजिलो हुने गरी यी हेलिकोप्टरको डिजाइन गरिएको उनले जानकारी दिएका छन ।

भ्रमण वर्ष सुरु हुने महिनामै नेपाल ल्याउन लागिएका यी हेलिकोप्टर पर्यटकको सेवा र सुविधामा समेत उपयोग हुने कम्पनीको विश्वास छ । यस्तो मोडलको हेलिकोप्टरको बजार मूल्य औसत १६/१७ करोड रुपैयाँ पर्ने उनले जानकारी दिएका छन । कम्पनीले अहिले ५ वटा हेलिकोप्टरबाट सेवा दिइरहेको छ । सिम्रिकसँग एयरबसका हेलिकोप्टर रहेका छन् । नेपालमा १ दर्जन कम्पनीका ३० भन्दा बढी हेलिकोप्टर उडिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार