असोज १०, २०८३ शनिबार September 26, 2026

गङ्गादशहरा स्नान गर्न भक्तजन नदी किनारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ज्येष्ठ शुक्ल दशमीका दिन आज बिहानैदेखि गोकर्णेश्वर नगरपालिका–१ स्थित वाग्मतीमा शैलमती मिसिएर बनेको सिद्धगयामा गङ्गादशहरा स्नान गर्ने भक्तजनको भीड लागेको छ ।

सुन्दरीजलको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा वाग्मती र शैलमतीको सङ्गममा गङ्गादशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

दश प्रकारका पाप हरण गर्न ज्येष्ठ शुक्ल दशमीका दिन स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा देशभरका नदीमा दशहरा स्नान गरिन्छ । ज्येष्ठ शुक्ल दशमीका दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, विनायज्ञ हिंसा गर्नु, परस्त्री गमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलवको प्रलाप गर्नु, अरुको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरुलाई हानी पु¥याउने इच्छा राख्नु र विनाकारण दुराग्रह राख्ने जस्ता पाप दशहराका दिन गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

सिद्धगयाका साथै काठमाडौँको हत्यामोचनघाट, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणीसङ्गम, देवघाट, रिडीलगायत देशभरका नदीमा दशहरा स्नान मेला लाग्ने गर्दछ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप आजका दिन स्नान गरेर नाश हुने विश्वासमा गङ्गा दशहरा भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिनुभयो ।

कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको सङ्गमस्थित वाग्मती नदी किनारमा रहेको हत्यामोचनघाटमा पनि स्नान गर्ने भक्तजन जम्मा भएका छन् । हत्यामोचनघाट गङ्गा दशहरा स्नान एवं पूजा समितिका अध्यक्ष रोहित लिम्बु स्नान गर्ने भक्तजन भेला भएपनि विगत वर्षमा जस्तो भक्तजनलाई भीड हुन नदिइएको बताउनुहुन्छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम उच्च रहेकाले स्नान गर्न आउनेलाई भौतिक दूरी कायम गरी पर्व मनाउने अवसर गरिएको उहाँले जानकारी दिनुभयो ।

पौराणिक कथाअनुसार परशुरामले पिता ऋषि जमदग्निको आदेशअनुसार माताको हत्या गरेपछि हत्यामोचन घाटमा स्नान गरी हत्याको पाप मोचन गरेकाले यो स्थानलाई हत्यामोचनघाट भनिएको विश्वास गरिन्छ । यसअघि परशुरामले भारत वर्षका हजारौँ तीर्थमा स्नान गर्दा पनि मातृ हत्याको पाप मोचन भएको थिएन ।

पापमोचनस्वरूप परशुरामकी आमाले पुनर्जीवन पाएको पौराणिक कथन छ । दशहराका दिन जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, बुधबार, हस्ता नक्षत्रलगायत दश योग पर्ने जनाइएको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म यी योग पर्ने गर्छ । प्रतिपदादेखि नै स्नान शुरु भएपनि आज भने यो पर्वको मुख्य दिन हो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार