असोज १०, २०८३ शनिबार September 26, 2026

संस्कृतिमन्त्री अरगरियाद्धारा पशुपति क्षेत्रमा राम मन्दिरको शिलान्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रमा राम मन्दिरको शिलान्यास गरेका छन् । आईतबार पशुपति क्षेत्र विकास कोषको निरीक्षण भ्रमण गरेका मन्त्री अरगरियाले धार्मिक विधिअनुसार शिलान्यास गरेका हुन् ।

कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया आइतबार बिहान कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा निरीक्षण तथा पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।

२०७२को बिनाशकारी भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरु भएको छ । ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु भएको हो ।

शिलन्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने उनको भनाइ छ।  मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने प्रष्ट पारेका छन्।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो।

शिलान्याश कार्यक्रममा सदस्य सचिव ढकालले मन्दिर निर्माणको काम समयमै सकिने बताए। कार्यक्रममा जसपाका युवा नेता मनिष मिश्रा, कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल समूह ‘ए’ मा २ खेलबाट ३ अंक जोड्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश
२०८३ असोज १०, शनिबार
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
२०८३ असोज १०, शनिबार
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
२०८३ असोज १०, शनिबार
मूलपानी-बोडे जोड्ने मनोहरा खोलाको पुलमा आवतजावत बन्द
२०८३ असोज १०, शनिबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन : भारत, चीन, युरोप र अमेरिकाका राजनीतिक दललाई निमन्त्रणा
२०८३ असोज १०, शनिबार
तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद
२०८३ असोज १०, शनिबार
यूएन महासभामा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता
२०८३ असोज १०, शनिबार