असार २३, २०८२ सोमबार July 7, 2025

सुन्दै अचम्मः जहाँ एक किलो केराको मूल्य नै ५ हजार २ सय नेपाली रुपैया पर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आजका दिनमा उत्तर कोरिया गम्भीर खालको संकटसँग लड्दैछ । भोकमरीको संकट देखा परेको त्यस देशमा एक किलो केराको मूल्य ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको बताइन्छ ।

दक्षिण कोरियाली संस्था एनकेन्युजका अुनसार सीमानाकाबाट दैनिक उपभोग्य सामग्रीहरु नभित्रिएपछि महंगी बढ्न थालेको हो ।

उत्तर कोरियामा केरा, स्याम्पुसँगै तेल, टुथपेस्टको मूल्य पनि नसोचेको तरिकाले बढेको छ । कोरोना महामारीका कारण उत्तर कोरियामा फलफूल तथा स्वास्थ्य सामग्रीको मूल्य बढ्दै गएको बताइन्छ ।

पछिल्लो समय उत्तर कोरियामा अत्यधिक महँगी बढ्दै छ । उत्तर कोरियाको किम जोङ्ग उन सरकारले यस संकटलाई विश्व सामाु आउन नदिन धेरै प्रयन्त गरेको बताइन्छ ।

उनले केही दिन अघि बसेको सत्तारुढ वकर्स पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा अमेरिकासँग वार्ता र संघर्ष गर्न जस्तोसुकै कदम चाल्ने बताएका थिए ।

लामो समयदेखि जारी अमेरिकी प्रतिबन्धका कारण उत्तर कोरिया गम्भीर प्रकारको आर्थिक संकट झेलिरहेको छ । चीन, रसियासहितका देशहरुको सहयोगको आडमा उत्तर कोरिया बाँचेको छ । – एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया