वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

यो वर्ष बाढीपहिरोको जोखिम उच्च, तयारी झिनो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने सरकारको छैन।

यसअघि सरकारले २०७४ मा बाढीपहिरोजन्य जोखिम कम गर्न भन्दै नयाँ रणनीति तय गरेको थियो। जसमा सन् २०३० सम्म बाढीपहिरोको जोखिम पूर्ण कम गर्ने उद्देश्य राखिए पनि बाढीपहिरोको क्षति बर्सेनि बढ्दो छ। गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोका कारण पछिल्ला १० वर्षमा १ हजार ७ सय ४१ जनाको ज्यान गएको छ। जसमा ९ सय २५ जना पहिरोमा पुरिएर र ७ सय जनाभन्दा बढी बाढीमा डुबेर÷बगेर मृत्यु भएको छ। यो वर्ष पनि बाढी पहिरोको बढी जोखिम देखिने गृह मन्त्रालयको विपद् प्रतिकार्यको योजनामा उल्लेख छ। भारी वर्षाका कारण धेरै क्षेत्रमा असर पर्ने भएकोले ७७ वटै जिल्लाका सुरक्षा निकाय र जिल्ला प्रशासनलाई गृहले विपद्मा जुट्नको लागि तयार रहन निर्देशन दिएको छ।

सबै जिल्लामा बढी बाढी पहिरो गएको क्षेत्र पहिचान गरी प्रतिवेदन पेश गर्न पनि गृहले जिप्रकालाई निर्देशन दिएको छ। गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापान महाखाशा प्रमुख गोविन्द रिजालले यो वर्ष पूर्व तयारी बलियो बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘गत वर्ष भन्दा यो वर्ष वर्षा बढी हुने जानकारी अनुसार हामीले व्यवस्थित तयारी गरेका छौं, तर साधनस्रोत पुग्दो छैन, ठूलो क्षति भयो भने हामीले थेग्न नसक्ने पनि हुनसक्छ, जोखिम क्षेत्रहरूमा बढी सतर्कतका अपनाइएको छ।’ उनका अनुसार विपद् रोकथाम गर्नको लागि माग गरे बमोजिम बजेट पनि उपलब्ध गराएको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसदको संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
२०८१ वैशाख २८, शुक्रबार
स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले (पत्रसहित)
२०८१ वैशाख २८, शुक्रबार