वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

चीनबाट ४० लाख डोज भेरोसेल खोपको सुनिश्चितताः भारतबाट खरिद गरिएको १० लाख डोज अझै अनिश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोभिडविरुद्धको खोप भेरोसेल उत्पादक चिनियाँ कम्पनी सिनोफार्मले नेपाललाई आगामी अढाई महिनामा ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । सरकारले यसअघि नै चीनबाट खोप खरिद गर्ने निर्णय गरिसकेको छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपालले आफ्नो अनुकूलताअनुसार जुन महिनाभित्र १० लाख, जुलाईमा २० लाख र अगस्टमा १० लाख डोज खोप खरिद गर्न सक्ने गरी सिनोफार्मले आश्वस्त तुल्याएको छ ।

‘चिनियाँ कम्पनी ३० जेठमै १० लाख डोज खोप उपलब्ध गराउन तयार थियो,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले टेलिफोनमा भने, ‘सिनोफार्मले आगामी अगस्टसम्ममा हामीलाई ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गराएको छ ।’ त्यसपछि खोपको प्रेसर पनि कम हुने भएकाले आवश्यकताअनुसार थप खरिद गर्न सकिनेछ ।

सिनोफार्मको सर्तअनुसार खोप खरिदपूर्व उसलाई भुक्तानी गर्नुपर्छ । ‘मन्त्रिपरिषद्ले खोप खरिद गर्ने निर्णय गरिसकेका कारण भुक्तानी हुन्छ । ४० लाख खोप सुनिश्चित हुनु पनि हाम्रा लागि ठूलै राहत हो,’ एक कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने ।

भारतबाट आउनुपर्ने १० लाख डोज अझै अनिश्चित 

उता भारतबाट भने खरिद गरिसकेको १० लाख डोज कोभिसिल्ड खोप तत्काल आउने सम्भावना छैन । यद्यपि, नेपालले खोप उपलब्ध गराइदिन भारत सरकार र उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियालाई तारन्तार ताकेता गरिरहेको छ ।

सेरमले दिल्लीस्थित नेपाली कूटनीतिक अधिकारीहरूलाई निरन्तर एउटै जवाफ दिँदै आएको छ, ‘हामी नेपालको अवस्था र आग्रहबारे अवगत छौँ । यस सम्बन्धमा हामी काम गरिरहेका छौँ ।’ खोप कहिले दिने भन्ने स्पष्ट केही बताएको छैन ।

नेपालले सेरमसँग २० लाख डोज खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख मात्रै उपलब्ध गराएको छ । नेपालमा पहिलो डोज कोभिसिल्ड खोप लगाएका करिब १७ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पर्खाइमा छन् ।

डेनमार्कबाट खोप आउनेमा पनि अन्योल कायमै

सरकारले अमेरिका, रुस र बेलायतलाई पनि खोपका लागि आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार त्यहाँबाट पनि स्पष्ट जवाफ आएको छैन । डेनमार्कबाट कोभिडविरुद्धको अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप ल्याउन पनि नेपालले जेठ तेस्रो सातादेखि कूटनीतिक प्रयास गरिरहेको छ । अनुदान, खरिद र पैँचो तीन मोडालिटीमध्ये जुनसुकै विकल्पमा भए पनि खोप उपलब्ध गराउन नेपालले आग्रह गर्दै आएको छ । तर, डेनमार्कले अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन । नयाँपत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आठौँ सातामा ‘महाजात्रा’ : शनिवार ५१ औँ दिन मनाउँदै
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन
२०८१ वैशाख २८, शुक्रबार
अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ
२०८१ वैशाख २८, शुक्रबार
वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले (पत्रसहित)
२०८१ वैशाख २८, शुक्रबार
रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो
२०८१ वैशाख २८, शुक्रबार
कोशी प्रदेशमा पाँचौं अधिवेशन आह्वान
२०८१ वैशाख २८, शुक्रबार