वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

नेकपा माओवादी केन्द्र बहुपदमा जाने, यस्तो बन्दैछ सांगठानिक संरचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्र बहुपदीय मोडलको नयाँ सांगठानिक संरचनामा जाने भएको छ । माओवादीले अन्तरिम विधान संशोधन गरी सबै कमिटीलाई समानुपातिक समावेशितासहितको बहुपदीय संरचनामा लैजाने तयारी गरेको हो ।

संशोधित विधानअनुसार माओवादीका सबै कमिटीमा अब अध्यक्ष,उपाध्यक्ष,महासचिव, सचिव,कोषाध्यक्ष रहेको पदाधिकारी टीम रहनेछ ।

पार्टीलाई नयाँ सांगठनिक संरचनामा लैजान लागेको माओवादीले केन्द्रीय कमिटी विस्तार गरी २९९ सदस्यीय बनाउने निर्णय गरेको छ । माओवादी पुनर्स्थापित भएपछि पनि तत्कालीन नेकपाको केन्द्रीय समितिमा रहेकाहरुलाई नै कायम गरेकोमा माओवादीले केन्द्रीय कमिटी बिस्तार गर्न लागेको हो ।

 

तत्कालीन नेकपाको २४१ सदस्यीय केन्द्रीय कमिटीमा माओवादीबाट २०० जना केन्द्रीय सदस्य थिए । माओवादी केन्द्र ब्युँतिएपछि एमाले प्रवेश गरेकाबाहेक बाँकीलाई नै माओवादीले केन्द्रीय कमिटी कायम गरेको थियो ।

संशोधित विधानअनुसार माओवादीमा अब १०० सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी कमिटी रहनेछ भने केन्द्रीय कमिटीको कार्यकाल ५ वर्षको हुनेछ । त्यस्तै,दैनिक कार्य सञ्चालनका लागि अध्यक्ष, उपाध्यक्ष र महासचिवसहितको केन्द्रीय कार्यालय रहने विधानमा व्यवस्था गरिएको छ ।

केन्द्रीय कार्यालयको दैनिक प्रशासनिक कार्यहरु सम्पादन गर्न महासचिवको नेतृत्वमा उपमहासचिव, सचिवसमेतको केन्द्रीय सचिवालय टीम बनाउन सक्ने विधानमा व्यवस्था गरिएको छ ।

नयाँ संरचनाअनुसार राष्ट्रिय महाधिवेशन,केन्द्रीय समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग,राष्ट्रिय परिषद्,केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गरी केन्द्रमा ८ वटा निकाय रहने माओवादीले जनाएको छ ।

तल्ला कमिटीहरु समेत छरिता र समावेशी बनाउन लागेको माओवादीको प्रदेश कमिटी १७५ सदस्यीय हुनेछ भने त्यसको कार्यकाल ३ वर्षको हुनेछ । प्रदेश कमिटीमा अध्यक्ष,उपाध्यक्ष, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी हुनेछ ।
त्यसैगरी,अध्यक्ष,उपाध्यक्ष,सचिव, कोषाध्यक्ष र सहसचिवसहितको १५१ सदस्यीय उपत्यका विशेष कमिटी र १५१ सदस्यीय सम्पर्क समन्वय कमिटी रहनेछन् ।

संशोधित विधानअनुसार माओवादीमा अब ९९ सदस्यीय जिल्ला कमिटी,६५ सदस्यीय बिशेष जिल्ला कमिटी, ९९ सदस्यीय महानगर कमिटी, ८९ सदस्यीय उपमहानगर कमिटी, ६५ सदस्यीय नगर कमिटी,५५ सदस्यीय गाउँ कमिटी हुनेछन् । स्थानीय तहका कमिटीहरुको कार्यकाल २ वर्ष हुने बताइएको छ ।

माओवादीले हरेक कमिटीमा ४० प्रतिशत महिला र २० प्रतिशत युवा सहभागिता सुनिश्चित गरेको छ । विधानमा सबै कमिटीको पदाधिकारीमा एक जना महिला अनिवार्य गरिएको छ । वडादेखि केन्द्रसम्मै कमिटीमा महिला र युवाको सहभागिता बढाउन विधानमा यस्तो व्यवस्था गरिएको माओवादी केन्द्रका नेता देव गुरुङले बताउनुभयो ।

नेता गुरुङका अनुसार संशोधित विधान पारित भैसकेकाले आवश्यकताका आधारमा माओवादी छिट्टै नयाँ सांगठनिक संरचनामा जानेछ । कोभिडका कारण अहिले केन्द्रीय कमिटीको बैठक बस्न नसकेकाले निर्णय हुन नसकेको उहाँले बताउनुभयो ।

‘विधानमा बहुपदीय व्यवस्था गरिएको छ । कहिले पूर्ति गर्ने कुरा चैं पार्टीले आवश्यकताका आधारमा निर्णय गर्छ । अहिले कोरोनाका कारण केन्द्रीय समितिको बैठक बस्न अप्ठेरो परेको हो । अब छिट्टै बैठक बसेर निर्णय होला’,गुरुङले भन्नुभयो । जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शिक्षक महासंघको नयाँ कार्यसमिति घोषणा
२०८१ वैशाख २८, शुक्रबार
अपराधीको संरक्षण गर्दैगए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ : नैनसिंह महर
२०८१ वैशाख २८, शुक्रबार
सरकारको नीति तथा कार्यक्रम जेठ १ गते आउने
२०८१ वैशाख २८, शुक्रबार
पल शाह भन्छन्- ‘पुजार सार्की’ मा स्क्रिन टाइम थोरै भएपनि भूमिका महत्त्वपूर्ण छ
२०८१ वैशाख २८, शुक्रबार
जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
२०८१ वैशाख २७, बिहिबार
उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई
२०८१ वैशाख २७, बिहिबार
एमाले र माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने तयारीमा
२०८१ वैशाख २७, बिहिबार