असार २७, २०८२ शुक्रबार July 11, 2025

ठाकुर-महतो समूहमा गम्भीर असन्तुष्टि, आठ निवर्तमान सांसदद्वारा बैठक बहिष्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले बिहीबार राखेको निवर्तमान सांसदहरूसँगको छलफल कार्यक्रम आठ जना निवर्तमान सांसदले वहिष्कार गरेका छन् ।

पार्टी दुई समूहमा विभाजित हुँदा यसअघि अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको पक्षमा २० निवर्तमान सांसद थिए । अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा १२ सांसद रहेका थिए । मन्त्री नबनाएको आक्रोश पोख्दै ती आठ सांसदले बैठक बहिष्कार गरेका हुन् ।

आठ निवर्तमान सांसदद्वारा बैठक बहिष्कार

जसपा स्रोतका अनुसार प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, दुलारी देवी, विमल श्रीवास्तव, राजकिशोर यादव, चन्द्रकान्त चौधरी र नरमाया ढकालले छलफल कार्यक्रम बहिष्कार गरेका हुन् ।

राजकिशोर र विमलमन्त्री नियुक्त भएका थिए । पार्टी एकताको पक्षमा रहेका राजकिशोरले ठाकुर र महतोलाई आफ्नो नेता अस्वीकार गर्दै आएका छन् । उनी जसपा पार्टी एकताको पक्षमा रहेकाले ठाकुर र महतो पक्षले बोलाएको बैठकमा सहभागी नभएको उनीनिकट नेताले जनाएको छ ।

विमलले आफू वीरगन्जमा भएको र प्रमोदले आफू सर्लाहीमा भएकाले बैठकमा सहभागी नभएको राजधानीलाई बताएका छन् । तर, राजकिशोर र विमलबाहेकका अन्य ६ जना निवर्तमान सांसदले आफूलाई मन्त्री नबनाएको भन्दै ठाकुर र महतोले बोलाएको छलफल बहिष्कार गरेका छन् ।

ठाकुर र महतोले बोलाएको छलफल बहिष्कार गर्ने प्रमोद, विमल, राजकिशोर र चन्द्रकान्त निर्वाचित सांसद हुन् । अमृता, रानी, दुलारी र नरमाया समानुपातिक सांसद हुन् । पार्टी आधिकारिकताबारे विवाद चलिरहेको र उपेन्द्र समूहले आधिकारिता पाए र संसद् पुनस्र्थापना भए आफूहरूको सांसद पद नजोगिने भएकाले समानुपातिक तर्फका सांसदहरू उपेन्द्र समूहमा जाने विश्लेषण जसपाभित्र भइरहेको छ ।

बिहीबार तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलस्थित मधेस भवनमा भएको छलफलमा अगामी राजनीति यात्राबारे छलफल भएको छ । ठाकुर र महतोले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि कामचलाऊ बनेको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि अब कसरी अघि बढ्ने विषयमा छलफलमा जुटेका हुन् ।

ठाकुर र महतो समूहका नौ जना मन्त्री र दुई जना राज्यमन्त्री पदमुक्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी ठाकुर र महतो समूह पदमुक्त भएपछि आगामी रणनीति तय गर्न छलफलमा गरिरहेका छन् । उनीहरू कार्यकारिणी समितिका सदस्यसँगसमेत छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धनमा ठाकुर र महतो छन् । उता जसपाका अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनमा रहेका छन् । प्रधानमन्त्री ओलीले एजेन्डाका हिसाबले अगामी दिनमा समेत सहकार्य गर्दै अगाडि बढ्नेबारेमा ठाकुरसँग छलफल गरेका थिए । सोही विषयमा ठाकुर र महतोले आफूनिकटका निवर्तमान सांसदसँग छलफल गर्दै राय बुझ्ने काम गरिरहेका छन् ।

अहिले जसपाभित्र पार्टी आधिकारिकताबारे समेत विवाद चलिरहेको छ । एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक हो भन्दै विवाद निर्वाचन आयोगसम्म पुगेको छ । तर, निर्वाचन आयोगले आधिकारिताको विषयमा अझै निर्णय गर्न सकेका छैन । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार