असोज २४, २०८३ शनिबार October 10, 2026

नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ ।

समितिको बिहीबार बसेको बैठकमा नेपाल सरकारले पारमाणविक पदार्थ सम्बन्धी विषयमा अध्ययन र अनुसन्धान गर्न एक पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्न सक्ने विषयमा सहमति जुटाएको हो । समितिले जुटाएको उक्त सहमति विधेयकको दफा २१ मा लेखिने छ ।
यसअघि नेपालमा पारमाणविक पदार्थको अनुसन्धान गर्ने कुनै कानूनी व्यवस्था थिएन । समितिको बिहीबारको निर्णयसँगै अब पारमाणविक पदार्थको अध्ययन तथा अनुसन्धान गर्ने कानूनी बाटो खुल्ने भएको हो ।

अनुसन्धान केन्द्रले रेडियोधर्मी तथा पारमाणविक पदार्थ र प्रविधिसम्बन्धी ज्ञान अभिवृद्धिका लागि जनशक्तिको विकास गर्ने, साइक्लोटन प्रविधिको विकास गरी रेडियो आइसोटप्स उत्पादन गर्ने र सोको उचित प्रयोग गर्ने लगायतका काम, कर्तव्य र अधिकार तोकेको छ ।

यस्तै आन्तरिक तथा वाह्य कारणबाट नेपालभित्र हुने विकिरणका प्रभाव मुल्यांकन गरी सोको कारण तथा नियन्त्रण एवं क्षतिपूर्तिको सम्बन्धमा अध्ययन गरी अनुसन्धान केन्द्रले नेपाल सरकार समक्ष पेश गर्ने छ ।

अन्य कुनै वाह्य मुलुकबाट नेपालमा आणविक सम्बन्धी केही असर परेमा क्षतिपूर्ति माग गर्न सक्ने प्रावधान यसअघि थिएन । यो सहमतिसँगै अन्य कुनै वाह्य मुलुकबाट नेपालमा आणविकसम्बन्धी केही असर पर्‍यो भने त्यसको क्षतिपूर्ति माग गर्न सक्ने बाटो खोलेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन ।

सररकारले यससम्बन्धी कानून बनाउन लामो समयदेखि प्रयास गर्दै आएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार