वैशाख ३१, २०८१ सोमबार May 13, 2024

ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने प्रयास चलिरहेका बेला दुई नेताबीच चलेको आरोप–प्रत्यारोपले विवाद निरूपण र एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका जन्माएको छ।

सोमबार बिहान मदन भण्डारीको जन्मदिनका अवसरमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीलाई संकेत गर्दै दक्षिणपन्थी भएको आरोप लगाएपछि दिउँसो ओली नेपालमाथि खनिएका थिए। उनले नेपाल प्रचण्ड (माओवादी केन्द्र अध्यक्ष पुष्ककमल दाहाल) को कार्यकर्ता भएको, कांग्रेससँग साँठगाँठ गरेर शेरबहादुर देउवा (कांग्रेस सभापति) को पार्टीमा जान लागेको जस्तो आरोप लगाएका थिए। उनले नेपाललाई प्रचण्डको मामुली कार्यकर्ता भएको बताउँदै उनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आफूलाई बहुला कुकुरले नटोकेको भन्दै कडा टिप्पणी गरेका थिए। मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाललगायत विपक्षी दलका अन्य नेताहरूप्रति कडा ढंगले कटाक्ष गरे।

सोमबार बिहान नेता नेपालले अहिले पार्टीको नेतृत्व संविधानको मर्ममा प्रहार गर्ने दक्षिणपन्थी बाटो अवलम्बन गर्ने तहको भएको आरोप लगाएका थिए। ‘अधिनायकवाद तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलनसमेतको अनुभवका आधारमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गर्‍यौं,’ उनले भनेका थिए।

कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुःखसुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास लिएर शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको उनले बताए।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टीको विधान, विधि र सिद्धान्तअनुरूप पार्टी एवं सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरू नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिस्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवं हामी सबैका लागि दुःखद अवस्था हो,’ नेता नेपालले भने। त्यसैक्रममा नेता नेपालले एमालेलाई नयाँ सिराबाट अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै सबैलाई सो अभियानमा लाग्न आग्रहसमेत गरेका थिए। – नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा
२०८१ वैशाख ३१, सोमबार
सरकार छोडने निर्णय गरेका छैनौंः झलनाथ खनाल
२०८१ वैशाख ३१, सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान सम्पन्न
२०८१ वैशाख ३१, सोमबार
हाफ म्याराथन प्रतियोगिता : महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि
२०८१ वैशाख ३१, सोमबार
स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी
२०८१ वैशाख ३१, सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ: अध्यक्ष दाहाल
२०८१ वैशाख ३१, सोमबार
निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल
२०८१ वैशाख ३१, सोमबार