असार २३, २०८२ सोमबार July 7, 2025

६० वर्षका बृद्ध बिजुलीको खम्बामा चढेर दोस्रो विवाह गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्राय ६० वर्षका मानिसहरु माया मोह त्यागेर भगवानको भक्तिमा धेरै ध्यान दिन्छन् । धेरै भन्दा धेरै भगवानको भक्ति गरेर पुण्य कमाउन चाहान्छन् ।

तर,६० वर्षका एक व्यक्तिले भने दोस्रो विवाह गर्नको लागि पुरुषहरुले के के गर्न सक्छन् भन्ने कुरा पुष्टि गरेका छन् ।

भारतको राजस्थानको धौलपुर जिल्लामा ६० वर्षका एक बृद्धले दोस्रो विवाह गर्न माग गर्दै बिजुलीको खम्बामा चढेका छन् । उनी बिजुलीको पोलमा चढेको भिडियो हाल भाइरल भइरहेको छ । भिडियोमा एक युवाले धेरै मुस्किलले बृद्धालाई पोलबाट भुईमा उतारेको देखिन्छ ।

समाचारको अनुसार उनी चढेको पोलमा करेन्ट भने थिएन् । करेन्ट नभएर उनी मृत्युको मुखबाट बचेको बिजुलीका कर्मचारीहरु बताउछन् । बृद्धले विवाह गराउन परिवारलाई पोलमा चढेर दबाब दिएका थिए । बृद्धा पोलमा परिवार विवाहको लागि राजी हुने सोचका साथ चढेका थिए ।

वास्तवमा उनी हजुरबुवा भइसकेका छन् । उनको पत्नीको निधन भइसकेको छ भने उनका ३ छोरा र २ छोरीको पनि विवाह भईसकेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया